सहकारी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्वसभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट प्रमाणित भएको छ ।
झन्डै ४ महिनाअगाडी सहकारी बचत रकम छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने पाँच आधार प्रस्तुत गरेको थियो ।
कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले १५ महिनामा ८२० चेक काटेका थिए, जसमा चार दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए ।
अनुसन्धानका अनुसार गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकको ००४०१०१००००५७७ नम्बरको खाताबाट २८ भदौ २०७७ देखि २ फागुन २०८० सम्म कुल १२ सय ३७ थान चेक काटिएका थिए ।
जीबी राई, छविलाल जोशी र रवि लामिछानेको संयुक्त खाता संचालन हुनुले पनि प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि हुने बलियो आधार देखिएको छ ।
रवि लामिछानेले बयानमा आफू कुनै प्रकरणमा सहभागी नभएको र आफू निर्दोष भएको बताउँदै आएका छन् । यद्दापी उनको बयान जारी नै रहेको छ । फैसला केही दिनमा आउन सक्ने बताइएको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ ।
७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देखिएको छ ।
प्रहरीका अनुसार उक्त रकम सन् १०२१ र २२ मा नेपालबाट बाहिर गएको हो ।
बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानीका लागि पठाएको बताएका थिए ।