२९ पुष २०८१, सोमबार

माघ ८ देखि आईपीओ निष्कासन गर्दै नेपाल माइक्रो इन्स्योरेन्स, क–कसले दिन पाउँछन् आवेदन ?


ipo

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन तथा विक्री खुला गर्ने घोषणा गरेको छ।

वैदैशिक रोजगारीमा रहेका नेपालीका कम्पनीले १०० रुपैयाँ प्रति कित्ता दरमा २२ लाख ५० हजार कित्ता आईपीओविक्री खुला गर्ने भएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिई २२ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्कासन गर्दैछ ।

इच्छुक आवेदकहरूले न्यूनतम १० कित्ताका लागि र अधिकतम १ लाख कित्ता शेयर खरिदको लागि माघ ८ देखि २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

त्यस्तै कम्पनीले  १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गर्नेछ ।