२६ चैत्र २०८१, मंगलवार

२० करोड डलरले बढ्यो बिनोद चौधरीको सम्पति


फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका २९३३ जनाको नाम सार्वजनिक गरिएको हो ।

पहिलो नम्बरमा अमेरिकी अर्बपति व्यापारी एलन मस्क रहेका छन् । उनी ३०० अर्ब डलरसहित पहिलो नम्बरमा रहेका हुन् । त्यस्तै मेटाका संस्थापक मार्क जुकरबर्ग र अमेजनका संस्थापक जेफ बेजोस दोस्रो र तेस्रो स्थानमा छन् ।
नेपालका अर्बपतिमा अहिले पनि विनोद चौधरीको एकमात्र नाम रहेको छ । उनी २ बिलियन डलर सम्पत्तिसहित १७६३ औं स्थानमा छन् ।

गत वर्ष १ अर्ब ८० करोड अमेरिकी डलर सम्पीत्त रहेको उनको यो वर्ष २० करोड डलरले सम्पत्ति बढेको जनाइएको छ ।