३ बैशाख २०८२, मंगलवार

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्ने


ipo

काठमाडौँ । ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.९३ वर्ष रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  त्यसलगत्तै कम्पनीले सर्वसाधारणका लागि पनि जारी गर्नेछ ।

कम्पनीको सेयर निष्कासन बन्द वैशाख २२ गते हुनेछ ।