३ बैशाख २०८२, मंगलवार

जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प


जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् ।

सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसपछि फेरी बिहान ४ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।