११ बैशाख २०८२, बुधबार

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु


ACCIDENT

भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायत छन् ।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको मिनी ट्रक आज बिहान दुर्घटना भएको हो । खाद्यान्नका सामान बोकेको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको छ ।