३१ भाद्र २०८२, सोमबार

हर्क श्रीमानको आदेश: दुर्गालाई अझै ४ दिन यसै नछाड्नू


काठमाडौँ । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य नेतृत्वकर्ता विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालत न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहितका आरोपितलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतले चार दिनको म्याद थपेसँगै घटना भएको ५६ औं दिनमा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएर तीनकुने घटनामा संलग्न रहेको अभियोगमा सय बढीलाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा अभियोग पत्र दायर गर्ने तयारी अगाडि बढाएको छ।

प्रसाई सहितका २८ जनामाथि राज्य विरुद्धकै कसुरमा अनुसन्धान हुँदा अन्यलाई आपराधिक उपद्रव र संगठित अपराध जस्ता अभियोगमा अनुसन्धान भइरहेको छ।

 

ताजा समाचार