३ असार २०८२, सोमबार

नगर विकासका अगुवा बुढाथोकीको निधन, दमकमा शोक


दमक नगरपालिका र नेकपा एकीकृत समाजवादीका लागि अमूल्य योगदान पुर्‍याएका केन्द्रीय सदस्य तथा पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको छ।

दिर्घकालीन मुटु र मिर्गौला रोगबाट पीडित बुढाथोकीको आफ्नै निवासमा बिहान ९:५५ बजे निधन भएको हो। विसं २०४९ मा नगर प्रमुखमा निर्वाचित हुँदै स्थानीय तहको नेतृत्व सम्हालेका बुढाथोकीले नगरको विकास, सामाजिक उत्थान र राजनीतिक स्थायित्वमा सक्रिय योगदान पुर्‍याएका थिए।

उनको निधनले दमकवासी मात्र होइन, देशकै वाम राजनीतिको एउटा समर्पित र अनुभवी नेतृत्व गुमाएको छ। दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले स्व. बुढाथोकीको योगदानलाई सदैव स्मरणीय हुने उल्लेख गर्दै समवेदना व्यक्त गरेकी छन्।

आजै अन्त्येष्टि गरिने जनाइएको छ। दमकको समृद्धिको यात्रामा उनको अमिट छाप सधैं रहनेछ।