३ असार २०८२, सोमबार

रसुवा भन्सार नाकाबाट ७ किलो सुन फेला, सीमा सुरक्षा टोलीको ठूलो सफलता


रसुवा भन्सार नाकाबाट करिब ७ किलो ६ सय ग्राम सुन बरामद भएको छ। केरुङबाट स्याउ लिएर आएको एक कन्टेनरमा सुन लुकाएर ल्याइएको थियो।

रसुवा भन्सार कार्यालयका अनुसार, ७ वटा सुनका बिस्कुट र केही साना टुक्रा बरामद गरिएको हो। सुन चालकको सिट नजिक फल्स बटम बनाएर लुकाइएको थियो।

चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाको थप अनुसन्धान भइरहेको भन्सारले जनाएको छ। बरामद सुन थप जाँचका लागि बैंकमा राखिएको छ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ बढेसँगै सुन तस्करीका लागि तस्करहरूले उत्तरी भन्सार नाकाहरू प्रयोग गर्न थालेका छन्।