
नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा सिफारिसमा परेका अधिकारीहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ रहेका छन्।
उनीहरूको बढुवा सिफारिसमाथि अब एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।
यसैबीच, गृह मन्त्रालयले आजै डीआईजी सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ।