
सर्लाहीमा कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
बिहीबार मध्याह्न करिब ३ बजे मलंगवा नगरपालिका–८ कुशुम पार्टी प्यालेसअगाडि भित्री सडकखण्डमा गोरखकालीबाट मलंगवातर्फ जाँदै गरेको बीआर ०६ एई ९६६८ नम्बरको कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार कारको ठक्करबाट मलंगवा–३ बस्ने ७० वर्षीया हसिना खातुन गम्भीर घाइते भएकोमा उपचारको प्रादेशिक अस्पताल मलंगवामा लगेकोमा उपचारको क्रममा करिब ४ बजे चिकित्सकले मृत घोषित गरेका थिए।
ठक्कर दिने कार र कारका चालक मलंगवा–८ बस्ने ३० वर्षीय अमित गुप्ता प्रहरीको नियन्त्रणमा रहेका छन्। यस सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।