२८ जेष्ठ २०८२, सोमबार

द्वन्द्वपीडितले हत्यारा भनेपछि बाबुराम कार्यक्रमबाटै गायब


पछिल्लो समय लाजिम्पाटको नेपाली चुलो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराईलाई द्वन्द्वपीडितहरूले तीव्र आलोचना गर्दै ‘हत्यारा’ भनेपछि उनी चुपचाप कार्यक्रमस्थल छाडेका छन्।

नेपाल मानवअधिकार संगठनको आयोजनामा भएको उक्त कार्यक्रममा द्वन्द्वपीडितहरू, माओवादी पक्षका प्रतिनिधि तथा अन्य सरोकारवालाहरू सहभागी थिए। कार्यक्रममा डा. भट्टराईले “फर्गिभ एन्ड फर्गेट”को कुरा गर्दै द्वन्द्वमा ८०% मानिस नेपाली सेनाबाट र २०% मात्रै माओवादी पक्षबाट मारिएको दाबी गरेका थिए।

तर, पीडितहरूले उनको भनाइलाई अपमानजनक भन्दै आक्रोश प्रकट गरे। त्यसपछि उनले केही नबोली कार्यक्रम छाडेको दृश्यले थप चर्चा ल्याएको छ।