२९ जेष्ठ २०८२, मंगलवार

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै


काठमाडौँ ।मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् ।