२९ जेष्ठ २०८२, मंगलवार

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, संघीय संसद्को संयुक्त बैठक केहीबेरमा


आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको राजस्व र खर्चको प्रारम्भिक अनुमानलाई स्वीकृति दिइएको हो।

मन्त्रिपरिषद् बैठकको स्वीकृतिपछि अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गरिँदैछ।

बजेटमार्फत सरकारले आगामी वर्षका आर्थिक प्राथमिकता, विकास योजनाहरू र सार्वजनिक खर्चको दिशा स्पष्ट गर्ने अपेक्षा गरिएको छ।