
सरकारले शिक्षित युवालाई स्वरोजगारमा प्रोत्साहित गर्न बिनाधितो सहुलियत कर्जा दिने व्यवस्था गरेको छ।
यो योजना स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित एक महत्वाकांक्षी कदमका रूपमा लिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै घोषणा गरे।
अब शिक्षित युवाहरूले रु २ लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा पाउन सक्नेछन्, त्यो पनि धितो बिना नै। सरकारी प्रयासले नयाँ पुस्तालाई वैदेशिक रोजगारतर्फ होइन, स्वदेशमै सम्भावनाको खोजी गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ।