२८ जेष्ठ २०८२, सोमबार

१९ खर्ब ६४ अर्ब ११ करोडको विनियोजित बजेट प्रस्तुत [पूर्णपाठसहित]


अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेका छन् ।

सरकारले आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको विनियोजित बजेट प्रस्तुत गरेका हुन् ।

यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१) प्रतिशत विनियोजन गरिएको छ ।