२८ जेष्ठ २०८२, सोमबार

०८२/०८३ बजेट वक्तव्य : ६ प्रतिशत आर्थिक वृद्धि, ५.५ प्रतिशत मुद्रास्फीति लक्ष्य


सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । सो वर्षका लागि ५.५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य पनि सरकारले राखेको छ ।

प्रस्तुत बजेटको कार्यान्वयनबाट आगामी आर्थिक गतिविधिमा तीव्रता आउने, उत्पादन वृद्धि हुने र रोजगारी सिर्जना भई दिगो, फराकिलो तथा समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास समेत अर्थमन्त्री पौडेलले व्यक्त गरेका छन् ।