
सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । सो वर्षका लागि ५.५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य पनि सरकारले राखेको छ ।
सरकारले विभिन्न शीर्षकमा विभिन्न रकम छुट्याएको छ ।
स्वास्थ्य मन्त्रालयको लागि सर्वाधिक बजेट ९५ अर्ब ८१ करोड रुपैयाँ छुट्याएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि कुल १३ अर्ब २८ करोड, शिक्षा मन्त्रालयका लागि २ अर्ब ११ अर्ब १७ करोड बजेट र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड रुपैयाँ बजेट पाएका छन् ।
यता, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ अर्ब ४९ करोड रुपैयाँ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट पाएको छ ।
साथै, युवा तथा खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड, वन तथा वातावरण मन्त्रालयमा १८ अर्ब ६१ करोड बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।
ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ ।