सरकारले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै मदिरा, सुर्तीजन्य र चुरोटजन्य वस्तुहरूमा करको बोझ बढाएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै यस्ता स्वास्थ्यमा हानिकारक वस्तुहरूको आयातमा लाग्ने भन्सार महसुल र अन्तःशुल्क दरमा वृद्धि गरिएको जानकारी गराएका हुन्।
साथै, स्वास्थ्य जोखिम करको दायरा समेत फराकिलो पारिएको छ, जसले यस्ता पदार्थहरूको प्रयोगमा निरुत्साहित गर्ने सरकारको प्रयासलाई संकेत गर्छ।