७ पुष २०८१, आईतवार

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित


सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।