११ पुष २०८१, बिहीबार

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन- अध्यक्ष भुवन केसी


चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।

बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमलाई सम्बोधन यस्तो बताएका हुन् ।

“बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन”, उनले भने ।

त्यस्तै उनले एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियो बन्ने कुराले आफूहरु हर्षित भएको पनि उल्लेख गरे ।