चीन–अरब व्यापार सम्मेलनको पहिलो दिन आइतबार रियादमा साउदी अरब र चीनबीच अर्बौं डलरको लगानी सम्झौता भएको छ ।
साउदीले पहिलोपटक चीन–अरब व्यापार शिखर सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा साउदीको लगानी मन्त्रालय र विद्युतीय सेल्फ ड्राइभिङ कार बनाउने चिनियाँ कम्पनी ह्युमन होराइजन्सबीच ५.६ अर्ब डलरको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
विज्ञप्तिअनुसार साउदी अरेबियामा फलामको कारखाना स्थापना गर्न साउदीको एएमआर अलुवला कम्पनी र हङकङको झोङहुआन इन्टरनेसनल ग्रुपबीच ५३ करोड ३० लाख डलरको सम्झौता भएको छ।