१० पुष २०८१, बुधबार

पुँजीगत खर्च प्रभावकारी बनाउन तालिका बनाइएको छ- अर्थमन्त्री महत


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।

नेपालको हालको बजेटमा पूँजीगत खर्च झन्डै ३ खर्ब २ अर्ब ७ करोड छ ।

त्यस्तै अहिले उनले  विभिन्न कारण उब्जनी हुन छोडेका गहतलगायत बाली उत्पादन जोड दिने प्रतिबद्धता गरेका छन् । साधन स्रोत बढ्दै जाँदा सबै क्षेत्रमा बजेटका आकार पनि बढ्ने  उनको दाबी छ ।