सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो ।
के थियो घटना?
सशस्त्र सङ्घर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो ।
त्यसमाथि सर्वोच्च अदालतमा लेलिन विष्टलगायतले मुद्दा चलाएका थिए ।