१४ पुष २०८१, आईतवार

‘पशुपतिमा चढाइने जलले बगायो ४२ लाख रुपैयाँको सुन’


पशुपतिनाथको जलहरीमा लगाइएको सुनमा अनियमतिता देखिएको छ ।

आइतबार पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी लगायतको टोलीले गरेको जलहरी जाँचका क्रममा झण्डै आधा केजी सुन कम भएको पाइएको हो ।

अख्तियारको टोली पुगेसंगै आइतबार जाँचका क्रममा पशुपतिमा राखिएको जलहरीमा कुल १०७.७६ केजि सुन हुनुपर्नेमा १०७.४६८७ केजि सुन भेटिएको हो ।

जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी सुन २४ क्यारेट सुन हो ।

पशुपति क्षेत्र विकास कोषले भने दिनहुँ दही तथा जलले नुहाउँदा पानिले पखालेर आधा केजी सुन घटेको दाबी गरेको छ । हिसाब गर्दा आधा केजी सुनको मूल्य झन्डै ४२ लाख रुपैयाँ हुन आउँछ ।