नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहरिएपछि अदालतले जेल चलान गर्न आदेश दिएको छ
शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ गते १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।
अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकेको छ । साथै जग्गा, बैंकमौज्दात र सेयर जफत पनि हुने भएको छ । गर्न विशेष अदालतले आदेश दिएको छ ।