७ पुष २०८१, आईतवार

मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो, ककसले पाउँछन् आवेदन दिन?


ipo

काठमाडौँ। मिड सोलु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ ।

आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरिएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन खुला गरेको जनाएको छ ।

आयोजना प्रभावित स्थानियलाई निष्कासन हुने सेयरमध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दाहरुलाई निष्कासन हुने कम्पनीले जनाएको छ ।