नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ।
बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक र ८ वटा राष्ट्रियस्तरका विसका बैंकहरुको आस्वा सदस्यता नवीकरण गरेको हो ।
यसैगरी क्षेत्रीयस्तरका ४ वटा विकास बैंक र अन्य ११ वटा फाइनान्स कम्पनीहरुको आस्वा सदस्यता पनि नवीकरण भएको छ।