कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले प्रतिफल वितरणको लागि बुक क्लोज मिति घोषणा गरेका छन्।
फण्डहरुले प्रतिफल वितरणका लागि भदौ १८ गते बुक क्लोज मिति तोकेका छन् त्यसैले,अब भदौ १७ गतेसम्म कारोबार गरि कायम इकाइधनीले प्रतिफल प्राप्त गर्न सक्नेछन।
कुमारी धनबृद्धि योजनाले फण्डका ईकाइधनीहरुलाई कर सहित ६ प्रतिशत नगद प्रतिफल र कुमारी इक्वीटी फण्डले कर सहित १० प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।