सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज बिहान ८ बजे आइपिओ बाँडफाँड सम्पन्न भएको हो।
कम्पनीले निष्काशन गर्न अनुमति पाएको ९६ लाख कित्तामध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड सम्पन्न गरेको छ।
त्यस्तै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ४ लाख ८० कित्ता नै शेयर सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयर अन्य सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड सम्पन्न गरेको हो।
कम्पनीको आइपिओमा अन्तिम दिनसम्म १४ लाख ६० हजार ६१ जना योग्य सर्वसाधारणहरुको आवेदन परेकोमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले मात्र १० कित्ताका दरले शेयर प्राप्त गर्दा, बाँकी आवेदकको हात खाली भएको छ। ।
आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सकिनेछ ।