नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन्।
मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका प्रत्याशी प्यूठानका हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्।
विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनको निकटम प्रतिद्धन्द्धी विश्वराज बराल (अनुप)ले ३०६ मत प्राप्त गरेका छन् ।