प्रेम सम्बन्धमा रहेर पनि विवाह गर्न नमानेको भन्दै वीर अस्पतालमा कार्यरत नर्सिंग अधिकृतले युवकको घरमा नै पुगेर आत्महत्या गरेकी छन् ।
केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरिन् ।
बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।
बताइएअनुसार अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटापक्षले नमानेपछि अनुमाले शनिबार आत्महत्या गरेकी हुन् ।
सुसाइड नोटमा अनुपमाले प्रेमलाई मजाक गराइएको भन्दै आफूले मृत्युको बाटो रोजेको उल्लेख गरेकी छन् ।
अनुमा स्टाफ नर्स हुन् भने उनका प्रेमी भनिएका सुजन ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।
घटनाविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहनको उजुरी दिने तयारी भइरहेको छ ।