७ पुष २०८१, आईतवार

एनसेलको सबै शेयर बेचेर नेपाल छाड्ने तयारीमा अजियाटा


ncell

एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने भएको छ । उसले आफ्नो सबै शेयर विक्रीमा राख्ने निर्णय गरेको छ ।

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन्।

आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ ।