७ पुष २०८१, आईतवार

बुधबार हरियै भयो नेप्से


काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार २७.९ अंक बढेर २०५८ पोइन्टमा पुगेको छ ।

आज झन्डै ४ करोडको कारोबार भएको छ ।

आज सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा बढी ३ प्रतिशतले वृद्धि भएको छ । ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर सिमेन्टलगायत कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

लक्ष्मी लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घटेको छ ।