१० पुष २०८१, बुधबार

गभर्नरविरुद्ध शैक्षिक योग्यताको प्रश्न उठाउँदै युवराज सफल अदालतमा, बर्खास्तीको आदेश दिन माग


governer

गभर्नर महाप्रसाद अधिकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नरमा नियुक्त हुन अयोग्य भएको भन्दै उनीविरुद्ध अदालतमा रिट दायर भएको हो ।

स्वघोषित सामाजिक अभियन्ता रुपमा परिचित युवराज सफलले अधिकारीविरुद्ध रिट दायर गरेका हुन् । उनले रिटमा अधिकारीलाई तत्काल पदबाट बर्खास्ती गरी निजले आजसम्म खाएको तलब, भत्ता र अन्य सुविधा फिर्ता गराउन माग गरेका छन्

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० अनुसार गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ। तर, गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट ९सीए० मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको रिट निवेदकको दाबी रहेको छ।