१० पुष २०८१, बुधबार

रवि गृहमन्त्री बनेको १ दिन नबित्दै जिबी राई पक्राउ: सिङ्गापुर इन्टरपोल युनिटले लियो नियन्त्रणमा


काठमाडौ । सहकारी ठगी मुद्दामा जिबी राई पक्राउ परेका छन्।
उनलाई सिंगापुर इन्टरपोल युनिटले उनलाई पक्राउ गरेको हो।
गृहमन्त्री रवि लामिछानेका उनी पूर्वसहकर्मी हुन् ।

सहकारीको आवरणमा सर्वसाधरणबाट १७ अर्बभन्दा बढी ठगी गरेको आरोपमा फरार भएका ग्यालेक्सी टेलिभिजन र नेचर हर्ब्स नामक कम्पनिका मालिक गितेन्द्र बाबु राईमाथी ठगीको आरोप लागेको थियो।

सहकारीमा बचत गरेको सर्वसाधारणको रकम अपचलनमा कोषाध्यक्ष रम्तेलमात्र पक्राउ परेका थिए। बाँकी जिबी राई र  पदाधिकारीसहित १८ जना फरार छन्, उनीहरूका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।  जिबी राई काठमाडौंबाट सञ्चालित ग्यालेक्सी टिभीका अध्यक्ष पनि हुन्।