१० पुष २०८१, बुधबार

आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार संसदमा विश्वासको मत लिंदैछन् ।

११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

समर्थक दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

पाँच दलीय गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीका १० सदस्य छन् ।