७ पुष २०८१, आईतवार

३० अर्बको ट्रेजरी बिल निष्कासन गर्दै राष्ट्र बैंक


nrb

नेपाल राष्ट्र बैंकले ३० अर्ब ट्रेजरी बिल निष्कासन गर्ने तयारी गरेको छ । ३ अर्ब १८ करोडको ट्रेजरी बिल बोलकबोल गरी आगामी मंगलवार बिल निष्कासन गर्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले २८ दिन अवधिको ३ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको १२ अर्ब १० करोडको ट्रेजरी बिल,  १८२ दिन अवधिको ९ अर्बको ट्रेजरी बिल, र ३६४ दिन अवधिको ६ अर्ब ८ करोडको  ट्रेजरी बिल  बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । जस मध्ये १८ अर्ब १८ करोडको ट्रेजरी बिल पुरानै ट्रेजरी बिलको नवीकरण हो भने बाँकी १२ अर्बको ट्रेजरी बिल नयाँ हो ।

सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ।

राष्ट्र बैंकले यस अघि वैशाख १७ गते ट्रेजरी बिल बोलकबोल गरेको थियो ।