१० पुष २०८१, बुधबार

नीति तथा कार्यक्रम- अधिकांश अघिल्लो वर्षकै ‘कपी पेस्ट’: न कार्यान्वयनमा आउँछ, न जनताको ध्यान तान्छ


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा रोजगारी बृद्धि गर्नेदेखि स्वास्थ्य, शिक्षा, कृषिसहितका क्षेत्रलाई विकास गर्ने योजना समेटिएका छन् ।

राष्ट्रपतिले प्रस्तुत गरेको यो कार्यक्रम घोषणा वर्षौंदेखि यसरी नै दोहोरिरहेको छ । यो कार्यक्रम न कार्यान्वयनमा आउँछ, न जनताको ध्यान तान्छ ।

यसरी हरेक वर्ष दोहोरिने कार्यक्रमले सरकारका घोषणा औपचारिकतामा मात्र सीमित भइरहेको छ ।

अघिल्लो वर्ष यसरी नै संसद भवनमा घोषणा गरिएका नीति तथा कार्यक्रमको केही प्रगति नै छैन । जति कुराहरु लेखे पनि कागजमा मात्र सिमित हुने गरेको देख्न सकिन्छ ।