७ पुष २०८१, आईतवार

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज


सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिएको उनले बताए ।