सरकारले बजेटमार्फत प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट छुट्याएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी सशक्तीकरण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।
त्यस्तै सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने भएको छ।
आर्थिक वर्ष २०८१/०८१ को बजेट वक्तव्यमा उक्त कुरा समेटिएको हो।
‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु,’ अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट वक्तव्यका क्रममा भने।
सीता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी हुन्।