७ पुष २०८१, आईतवार

सरकारले घटायो प्रदेश र स्थानीय तहमा जाने अनुदान र राजस्व हिस्सा, अब कति पाउंछन्?


काठमाडौँ । सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ।

अहिले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब ६९ अर्ब ५५ करोड बजेट हन्तान्तरण गर्ने व्यवस्था मिलाएको थियो । तर आगामी वर्ष प्रदेश र स्थानीय तहमा कुल ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण हुने भएको छ ।

मंगलबार दुई सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा प्रदेश र स्थानीय तहमा अगामी वर्ष राजस्व बाँडफाँटबाट मात्रै १ खर्ब ५९ अर्ब हस्तान्तरण हुने अनुमान गरिएको छ ।
आगामी वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

जसअनुसार कुल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँअर्थात् १९.७४ प्रतिशत छ।