८ बैशाख २०८२, आईतवार

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न रिट, अदालतले माग्यो लिखित जवाफ


नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा उच्च अदालत पाटनले नेपाल धितोपत्र बोर्डलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

लाइसेन्स वितरणका लागि सूचना अह्वान गरिएको फैसला कानुनविपरित भएको भन्दै अदालतका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले यस्तो आदेश दिएको हो ।

अदालतमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणको प्रक्रिया रोक्न शिखर बिजनेश म्यानेजमेन्ट कम्पनीमार्फत रिट दायर भएको थियो ।