आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ ।
शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो ।
भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे ।
२००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो । दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई पराजित गर्दै इतिहासमै पहिलो पटक कुनै पनि आईसीसी प्रतियोगिताको फइनलमा प्रवेश गरेको थियो । भारतका लागि यो तेस्रो टी-२० विश्वकप फाइनल हो ।
यससंस्करण दक्षिण अफ्रिकाले टी-२० विश्वकपमा लगातार ८ खेल जित्दै अपराजित टोलीको रुपमा फाइनल सम्म पुगेको हो । जुन संयुक्त रुपमा विश्वकपमा सबैभन्दा लामो जितको सिलसिला हो । भारत पनि अपराजित रहँदै फाइनलसम्म पुगेको हो । तर समूह चरणमा भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द भएको थियो ।