९ पुष २०८१, मंगलवार

देउवा-ओलीबीच पालैपालो सरकारको नेतृत्व गर्ने सहमति: एमालेका मन्त्रीहरुले आज राजीनामा दिने


प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् ।

योसँगै नेकपा एमालेका सबै मन्त्रीहरुले आज सरकारबाट राजीनामा दिने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो कार्यकाल प्रधानमन्त्री बन्नेछन् त्यस्तै दोस्रो पटकमा शेरबहादुर देउवा बन्ने कार्यक्रम तय भएको छ ।

दोस्रो तहका नेताहरूबीच पटक–पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो ।

सत्ता परिवर्तनका लागि नेकपा एमाले र नेपाली काँग्रेसबीच केही समय अगाडीबाट नै होमवर्क सुरु भएको थियो ।