राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ।
पार्टीका सहप्रवक्ता मनीष झाले बिहीबार दिउँसो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
केन्द्रीय सचिवालयको निर्णयअनुसार ६ जेठदेखि एक महिना अवधिमा ३८ जिल्ला पुगेर ढकालले प्रतिवेदन तयार पारेका थिए। १२ असारमा पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउँदै सार्वजनिक गर्न माग गरेका थिए।