७ पुष २०८१, आईतवार

शेयर बजारमा आज: ‘विग करेक्सन’ र ‘बिग रेकर्ड’


काठमाडौँ । शेयर बजार परिसूचक नेप्सेमा आज भारी गिरावट आएको छ ।

आज नेप्से सूचक १४५.०५ अंकले घट्दै २६५१.३२ को बिन्दुमा झरेको छ । समग्रमा यस दिन ५.१८ प्रतिशतले नेप्से घटेको छ ।

आज ५ करोड ३८ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २३ अर्ब ७१ करोड १६ लाख रुपैयाँ बराबरको भयो ।

यस दिन सबैभन्दा बढी फाइनान्स, होटल तथा पर्यटनको सूचक घटेको छ ।

यो दिन बजारमा सबैभन्दा धेरै कारोबारको नयाँ रेकर्ड बनेको छ। कुल २३ अर्ब ७१ करोड ६७ लाख बढीको कारोबार भएको छ । नेप्सेको इतिहासमा एउटै कारोबार दिन यति धेरै भोल्युममा यसअघि कहिल्यै कारोबार भएको थिएन ।