कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताएका छन् ।
दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित कार्यक्रममा कृषिमन्त्रीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुकको अर्थतन्त्रको मुख्य माध्यमका रूपमा रहेको कृषि क्षेत्रमा कुल बजेटको तीन प्रतिशतभन्दा बढी बजेट विनियोजन हुनसकेको छैन ।’
त्यस्तै उनले नेपालमै मल कारखाना खोल्नका लागि सम्भाव्यताबारे अध्ययन गर्न खोजिरहेको जानकारी दिए ।
कृषि सचिव डा गोविन्दप्रसाद शर्माले अघिल्लो वर्षमा समयमै बजेट विनियोजन नहुनु मुख्य समस्या रहेता पनि यस वर्ष बजेट सुनिश्चित रहेको बताए ।