७ पुष २०८१, आईतवार

मुकुललाई रास्वपाले यसै नछाड्ने, साधारण सदस्यबाट समेत हटाउने तयारी


रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको छ ।

पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो ।

त्यसपश्चात् रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णयमा पुगेको छ ।