७ पुष २०८१, आईतवार

बैंकहरुलाई गभर्नर अधिकारीको निर्देशन- ग्राहकको गुनासो नआउने गरी काम गर्नू


governer

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।

अहिले सेवाग्राहीहरुबाट आउने गुनासो बढेको भन्दै गभर्नर अधिकारीले सबै बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

ग्राहकमुखी सेवा प्रवाह गर्न आग्रह गरेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको सेवाप्रति ग्राहकको गुनासो बढिरहेको भन्दै गभर्नर अधिकारीले बैंकहरुलाई गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन् ।

राष्ट्र बैंकको गुनासो सुनुवाई, ग्राहक संरक्षण इकाईद्धारा आयोजित छलफल कार्यक्रममलाई सम्बोधन गर्दै  गभर्नर अधिकारीले भने, ‘पछिल्ला दिनमा बैंकहरुप्रति ग्राहकको गुनासो बढ्दो छ । यसलाई ध्यानमा राखेर सेवा प्रवाह गर्नू ।’

त्यस्तै उनले सम्पुर्ण सेवा र शुल्कबारे पनि नागरिकहरुले बुझ्ने तरिकाले जानकारी दिन निर्देशन दिएका छन् ।